विधि व्यवस्थापन महाशाखा (राष्ट्रिय सभा)
विधि व्यवस्थापन महाशाखा को कार्य:
सचिवको प्रत्यक्ष निर्देशन, नियन्त्रण तथा सुपरिवेक्षणमा रही तपसिल वमोजिमका कार्यहरु मातहतका शाखाहरुको सहयोग लिई सम्पादन गर्ने, गराउने जिम्मेवारी महाशाखाको हुनेछ ।
- सदनमा प्रस्तुत गरिने विधेयक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- संयुक्त सदनमा प्रस्तुत गरिने विधेयक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- संसदमा प्रस्तुत गर्ने सन्धि सम्झौता अनुमोदनका लागि आवश्यक समन्वय गर्ने, गराउने ।
- विधेयकसँग सम्बन्धित विषयमा कार्य व्यवस्था महाशाखासँग आवश्यक समन्वय गर्ने, गराउने ।
- सभामा पेश गरिने विधेयकको प्राथमिकता निर्धारणका सम्बन्धमा आवश्यकतानुसार परामर्श दिने ।
- सदनमा प्रस्तुत गरिने विधेयकका सम्वन्धमा सम्वन्धित मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने, गराउने ।
- सचिवालयमा दर्ता भएका विधेयकमाथि प्रारम्भिक जाँच गर्ने, गराउने ।
- विधेयक पारितको क्रममा पु¥याउनु पर्ने प्रकृयागत कारवाही पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्ने, गराउने ।
- गैरसरकारी विधेयकहरुको सम्बन्धमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने ।
- विधेयकमा प्राप्त संसोधन सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- सदस्यहरुले विधेयकको सम्वन्धमा कुनै प्रकारको सहयोग, सल्लाह माग गरेमा उपलब्ध गर्ने, गराउने ।
कुनै सूचनाहरु छैनन् ।
-
कुनै प्रकाशनहरु छैनन् ।