संविधानसभा प्रथम


राजबाट विघटन गरिएको तत्कालीन प्रतिनिधिसभा २०६२।६३ सालको जनआन्दोलन–२ पश्चात् शाही घोषणमार्फत २०६३ वैशाख ११ गते पुनस्र्थापित भएको थियो ।  २०६३ वैशाख १५ गते पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरु भयो । यस सभाले २०६३ साल जेठ ४ गते प्रतिनिधिसभा घोषणा, २०६३ जारी गरेको थियो । प्रतिनिधिसभाको घोषणा, २०६३ लाई अनुसूची –१ मा राखिएको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि तत्कालीन नेकपा माओवादीलाई ल्याउनका लागि अन्तरिम संसदको व्यवस्था गरियो । उक्त अन्तरिम संसदमा ३३० सदस्य रहने व्यवस्था गरिएको थियो ।  २०६३ सालमा जारी गरिएको अन्तरिम संविधानको प्रावधान वमोजिम २०६४ सालमा नेपालको इतिहासमा पहिलो पटक संविधानसभाको निर्वाचन सम्पन्न भई ६०१ सदस्यीय संविधानसभाको गठन भएको थियो । 
संविधानसभाले संविधान निर्माणको भूमिका सँगसँगै संसदले गर्नेे काम समेत गर्ने संवैधानिक व्यवस्था थियो । २०६९ साल जेठ १४ गते संविधान जारी नगरी विघटन भएको पहिलो संविधानसभा पश्चात् २०७० साल माघ ८ गते भएको दोस्रो संविधानसभाको गठनसम्म देश संसदविहीन अवस्थामा गुज्रिन पुग्योे ।  २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेसँगै २०७० साल मंसिर ४ गते गठन भएको दोस्रो संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरण भयो र यो रुपान्तरित व्यवस्थापिका–संसद २०७४ साल माघ ७ गतेसम्म कायम रहने संवैधानिक प्रावधान छ ।

    कुनै गतिविधिहरु छैनन् ।